नियम ५क
विवरण सच्याउने तगथा नामसारी, दाखिल खारेज गर्ने
(१) ऐनको दफा ७ को
उपदफा (३) बमोजिम कुनै विवरण सच्याउ“दा मालपोत कार्यालयले आवश्यकता
अनुसार देहायका कागजातहरु बुझ्न सक्नेछ ः–
(क) नाता प्रमाणपत्र,
(ख) जग्गाधनी दर्ता प्रमाण पूर्र्जा,
(ग) नेपाली नागरिकताको प्रमाणपत्र,
(घ) सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाको सिफारिस,
(ङ) जन्मदर्ता प्रमाणपत्र,
(च) आवश्यक अन्य प्रमाण ।
(२) मालपोत कार्यालयले प्रचलित कानून बमोजिम नामसारी वा दाखिल खारेज गर्नु
पर्दा मृत्युदर्ता प्रमाणपत्र र उपनियम (१) बमोजिमका कागजातहरु समेत बुझ्न सक्नेछ ।